सिन्धुपाल्चोकको जुरे पहिरो पीडितद्वारा काठमाण्डौमा धर्ना

 फागुन ८, २०७७ शनिबार १४:३५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सिन्धुपाल्चोकको जुरे पहिरो पीडितले आज काठमाण्डौको माइतीघरमा धर्ना दिएका छन् ।

सात वर्षसम्म पनि सरकारले राहत रकम उपलब्ध नगराएको भन्दै उनीहरुले तत्काल राहत उपलब्ध गराउन माग गरेका छन् । सरकारले पीडितको नाममा जम्मा भएको २ करोड २४ लाख रुपैयाँ रकम वितरण गर्न आलटाल गरेको सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले बताउनुभयो ।

साविकको राम्चे, धुस्कुन र माङखा गाउँ विकास समितिमा २०७१ साल साउन १७ गते राति पहिरोले क्षति गरेको थियो । पहिरोमा १ सय ४५ जनाले ज्यान गुमाएका थिए । पूर्ण र आंशिक गरी झण्डै तीन सय घर क्षति भएका बलेफी गाउँपालिकाको तथ्याङ्क छ । आज माइतीघरमा सांकेतिक विरोध गरेको र आफ्ना माग पूरा गर्न तीन हप्ताको अल्टिमेटम दिएको गाउँपालिकाका अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

वैधानिक उपायहरु धेरै गरेको तर माग सुनुवाइ नभएको उहाँको भनाइ छ । सरकारले जुरे पहिरोे पीडितलाई भूकम्प प्रभावित सरह राहत वितरण गरेको छ । तर पहिरो पीडितका नाममा सङ्कलन भएको चन्दा रकम पाउनुपर्ने पीडितको माग रहेको पनि गाउँपालिकाका अध्यक्ष क्षेत्रीले बताउनुभयो ।
 

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया