आइतवार थप १० लाख डोज खोप ल्याइने, पहिलो चरणको अभियान सोमवारसम्म

 फागुन ८, २०७७ शनिबार २०:६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि फेरि कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुग्ने बताउनुभएको छ ।

आफू नेतृत्वको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभामा प्रधानमन्त्री ओलीले भारतसँग किनेको १० लाख डोज खोप आइतवार आइपुग्ने बताउनुभएको हो ।

यसअघि भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोपबाट नेपालमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । यसैबीच पहिलो चरणको खोपअन्तर्गत दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आउँदो सोमवारसम्म खोप लगाइने भएको छ ।

शनिवारसम्म मात्र खोप लगाउने तालिका रहे पनि थप दुई दिन खोप लगाउने समय बढाएको खोप शाखाका प्रमुख डा. झलक गौतमले जानकारी दिनुभयो । दोस्रो प्राथामिकतामा जिल्लामा रहेका सरकारी कार्यालयका कर्मचारी, पालिकाका पदाधिकारी र कर्मचारी, वित्तीय संस्थाका कर्मचारी, पत्रकार र अग्रपङ्क्तिमा काम गर्नेलाई खोप लगाइरहेका छन् ।

डा. गौतमका अनुसार अहिलेसम्म तीन लाख ८४ हजार जनाले खोप लगाइसकेका छन् । सरकारले फागुन २३ वा त्योभन्दा अगाडि नै ६० वर्षभन्दा माथि उमेरका मानिसहरूलाई खोप लगाउने घोषणा गरिसकेको छ ।

यस्तै सरकारले २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताएको छ । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले आफूहरुले सबै प्रक्रिया पूरा गरिसकेकाले फागुन अन्तिमसम्म ‘कोभिशिल्ड’ खोप ल्याउने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया