सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार
मंसिर १२, २०८१ बुधबार
कैलाली – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको बताउनुभएको छ ।
आइतबार प्रेस सङ्गठन नेपालले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको बताउनुभएको हो । सुदुरपश्चिम प्रदेशमा धमाधम औद्योगिक क्षेत्र सञ्चालनमा आउने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली सोमवार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न आउने जानकारी दिँदै उद्योग मन्त्री भट्टले 'सुखी नेपाली समृद्ध नेपाल' को नारालाई कार्यान्वयन गर्न देशभर औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम रहेको बताउनुभयो । नाै अर्ब रुपैयाँको लागतमा पाँच वर्षभित्र निर्माण सम्पन्न हुने गरी दैजी छेला औद्योगिक क्षेत्रको निर्माण हुन लागेको मन्त्री भट्टको भनाइ छ ।
कैलालीको हरैयामा साढे तीन सय बिघा क्षेत्रफलमा सेज निर्माण, डुढेझारीमा औद्योगिक क्षेत्र, कञ्चनपुरमा सुख्खा बन्दरगाहको अध्ययन प्रतिवेदनको काम अगाडि बढीरहेको जानकारी दिँदै मन्त्री भट्टले खानीहरूको पहिचान गरेर उत्खनन, अन्वेषण गर्ने कार्य सुरु गरिएको पनि बताउनुभयो ।
निर्माणाधीन गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमकै मेडिकल विश्वविद्यालयको रूपमा विकास गर्न लागिएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।