नाेभाक जाेकाेभिचले जिते अस्ट्रेलियन ओपन च्याम्पियनशिप

 फागुन ९, २०७७ आइतबार १७:४३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्बियाका खेलाडी नाेभाक जाेकाेभिचले अस्ट्रेलियन ओपन टेनिसकाे पुरुष एकलतर्फकाे उपाधि जितेका छन् । जाेकाेभिचले रुसका डानिल मेद्वदेवलाई ७-५, ६-२, ६-२ काे साेझाे सेटमा हराए । 

जाेकाेभिचका लागि अस्ट्रेलियन ओपन टेनिसमा याे नवाैँ र ग्राण्ड स्लाममा १८ औँ उपाधि हाे । यसका साथै जाेकाेभिच राफेल नाडाल र राेजर फेडररकाे नजिकै पुगेका छन् । नाडाल र फेडररले अहिलेसम्म २० पटक ग्राण्ड स्लाम प्रतियाेगिता जितेका छन् ।  

मेलबर्नकाे रेड राेभर अरिनामा भएकाे याे खेल हेर्न झण्डै साढे सात हजार दर्शक स्टेडियम पुगेका थिए । 

अस्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि जापानी खेलाडी नाओमी ओसाकाले जितेकी छिन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया