प्रधानमन्त्री ओलीद्वारा नागढुङ्गा–नाैबिसे सुरुङ मार्गकाे निरीक्षण

 फागुन ९, २०७७ आइतबार १९:८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन नागढुङ्गा–नौबिसे सुरुङ मार्गको निरीक्षण गर्नुभएको छ । आइतबार नागढुङ्गाको दहचोक टुटेपाखाकाे सुरुङमार्ग निर्माणाधीन स्थलमा पुगेर प्रधानमन्त्री ओलीले निरीक्षण गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीलाई आयोजनाका कन्सल्टेन्सी कोअर्डिनेटर रमेशप्रसाद कोइरालाले निर्माण कार्यको अवस्थाबारे जानकारी गराउनुभएको थियो । उहाँले अबको १३ महिनाभित्रमा सुरुङ खन्ने कार्यको 'ब्रेक थ्रु' हुने गरी काम भइराखेको समेत बताउनुभयो । 

सुरुङ मार्ग निर्माण कार्यको निरीक्षण गर्न प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ पनि पुग्नुभएको थियो । कार्यक्रममा मन्त्री नेम्वाङले ४२ महिनामा निर्माण सम्पन्न गर्ने समय अवधि तोकिएको भए पनि अहिले सम्म १५ महिना गइसकेकाे र अझै २७ महिना बाँकी रहेकोले अहिलेकै गतिअनुसार निर्माण कार्य भइराखे समयमै निर्माण सम्पन्न हुने बताउनुभयो । 

नागढुङ्गा सुरुङ मार्ग आयोजनाको निर्माण कार्य जापानी कम्पनी हाजमा–आन्द्रो जेभीले गरिरहेको छ । सुरुङ मार्ग निर्माणका लागि विकास सहायता कार्यान्वयन महाशाखा र हाज्मा आन्द्रो जेभीबीच २०७६ असोज ६ गते सम्झौता भएको थियो । यद्यपि सुरुङ खन्ने काम भने गएकाे पुसदेखि सुरु भएको थियो ।

दहचोकदेखि सिस्ने खोलासम्म सुरुङको लम्बाइ २ दशमलव ६८ किलोमिटर रहेको छ भने चौडाइ ९ दशमलव ५ मिटर रहको छ ।   

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया