ईपीएलमा वेस्ट ह्यामसँग हार्‍याे टाेटनह्याम

 फागुन ९, २०७७ आइतबार २०:५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्लिश प्रिमियर लिगमा वेस्ट ह्यामले टोटनह्यामलाई हराएको छ । लण्डन स्टेडियममा भएको खेलमा वेस्ट ह्यामले टोटनह्यामलाई दुई–एकले हराएको हो ।

वेस्ट ह्यामका मिकेल एण्टेनियोले खेलको ५ औँ मिनेटमा र जेसे लिङ्गार्डले ४७ औँ मिनेटमा गोल गरे । टोटनह्यामका लुकास मैराले ६४ औँ मिनेटमा एक गोल फर्काए ।

जितसँगै वेस्ट ह्याम २५ खेलमा ४५ अङ्कसहित चौथो स्थानमा छ । एक खेल कम खेलेको टोटनह्याम ३६ अङ्सहित नवौँ स्थानमा छ ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया