अर्जुन ट्रफी क्रिकेटमा आजदेखि सेमिफाइनलका खेल शुरू हुँदै
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण गर्न पानी हालिएको छ । खानेपानी मन्त्री मणिचन्द्र थापाले पानी खोलेर सुरुङ भर्ने कामको सुरुवात गर्नुभएको हो ।
साढे २६ किलोमिटर लामो सुरुङमा गएको असारमै पानी भनेर परीक्षण गरिएको थियो तर त्यसबेला हेलम्बु गाउँपालिका १ मा रहेको मुख्य गेट फुटेर दुर्घटना भएको थियो । दुर्घटनापछि गेटमा देखिएको त्रुटिलाई सुधार गरेर साेमवार फेरि परीक्षणको काम सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो ।
एक जना इञ्जिनियर र एक जना चालकलाई बगाउने गरी भएको दुर्घटनापछि सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको फेरि जाँच र सुधार गरेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता पन्तले बताउनुभयो । सम्भावित दुर्घटनालाई ध्यान दिएर विशेष सतर्कता अपनाएको र दुर्घटना भइहालेमा उद्धारका लागि हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको पनि उहाँले जानकारी दिनुभयाे ।
सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाण्डौको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १५ देखि २० दिन लाग्ने आयोजनाले जनाएको छ । सुरुवाती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी छाडिने छैन ।
परीक्षणका लागि प्राविधिक मापदण्डअनुसार प्रतिसेकेण्ड दुई सय ६० लिटरका दरले सुरुङमा पानी प्रवाह गरिनेछ । सुरुङमा पानी भरिएपछि झण्डै १० दिन यत्तिकै राख्ने र प्रतिसेकेण्ड दुई सय ६० लिटरकै दरमा १५ देखि २० दिन लगाएर बाहिर पानी फालेर सुरुङ खाली गरिनेछ ।
पानी सबै फालिसकेपछि सुरुङको गुणस्तर फेरि परीक्षण गरिने आयोजनाले जनाएको छ । केही समस्या देखिए समाधान गरेर सुरुङमा नियमित पानी पठाइने प्रवक्ता पन्तले बताउनुभयो । यो पानी सुन्दरीजलमा तयार रहेका दुई वटा प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पठाइने र यी सबै कामका लागि झण्डै तीन महिना लाग्ने प्रवक्ता पन्तले बताउनुभयो ।
मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाण्डौ उपत्यकामा आउने आयोजनाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।