थप १२५ जनामा काेराेना सङ्क्रमण

 फागुन १०, २०७७ सोमबार १६:५४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा थप एक सय २५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

तीन हजार ६ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा एक सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७३ हजार पाँच सय ५६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९० जना निको भएसँगै कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या दुई लाख ६९ हजार नौ सय ६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा अहिलेसम्म काेराेना सङ्क्रमणका कारण दुई हजार ६१ जनाकाे ज्यान गएकाे छ ।

अहिले नेपालमा एक हजार पाँच सय २९ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ४३ जनाको आईसीयू र ११ जनाको भेण्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया