पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष घोषणाको ...
माघ २६, २०८१ शनिबार
काठमाण्डाै - सरकारले देशका विभिन्न आठ ठाउँमा कोरोनाविरुद्धको खोप भण्डारण गर्ने कार्यलाई तीव्रता दिएको छ ।
कोरोना भाइरसको विरुद्धमा लगाइने खोप सुरक्षित एवम् उचित व्यवस्थापन गर्नका लागि सहरी विकास मन्त्रालयले सातवटै प्रदेशमा एक/एक वटा तथा एउटा केन्द्रीयस्तरमा भण्डारण गृह निर्माणको कार्यलाई अगाडि बढाएको हो ।
त्यहीअनुसार प्रदेश नम्बर १ को विराटनगरमा रहेको प्रदेश ल्याब बनाउने ठाउँमा, प्रदेश नम्बर २ को जनकपुरमा रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्रको परिसरमा, वाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रको परिसरमा तथा गण्डकी प्रदेशको स्वास्थ्य कार्यालय कास्कीको परिसरमा भण्डारण गृह निर्माण गरिँदैछ ।
त्यस्तै लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिका–१२, तामनगरमा, कर्णाली प्रदेशको सुर्खेतमा रहेको स्वास्थ्य निर्देशनालयको परिसरमा, सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको स्वास्थ्य तालीम केन्द्रको परिसरमा भण्डारण गृह निर्माण हुँदैछ भने केन्द्रीय भण्डारण गृह पथलैया मेडिकल स्टोरको परिसरमा बन्दैछ ।
स्वास्थ्य मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभागको स्वास्थ्य भवन शाखा प्रमुख सुरज पौडेलका अनुसार एक करोड २० लाख रुपैयाँका दरले आठ वटा भण्डारण गृह निर्माण गर्न नौ करोड साठी लाख रुपैयाँ खर्च हुनेछ ।
उहाँका अनुसार प्रदेश–२, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशअन्तर्गत निर्माण हुने खोप भण्डारण केन्द्रको ठेक्का सम्झौता भएर कार्यादेश दिइसकिएको छ भने प्रदेश नम्बर १ तथा लुम्बिनी प्रदेशअन्तर्गत निर्माण हुने भण्डारण गृहको बोलपत्र स्वीकृत भएर कार्य सम्झौता गर्न पत्राचार भइसकेको छ ।
वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा केन्द्रीय भण्डारण गृहको बोलपत्र स्वीकृत गरी आशयको सूचना प्रकाशन भएको पौडेलले बताउनुभयो । कार्यादेश दिएको दुई महिनाभित्र निर्माण कार्य सम्पन्न भएर प्रयोग गर्न मिल्ने भनिएको भण्डारण गृहमा सम्बन्धित प्रदेशका लागि आवश्यक खोप प्रदेशअन्तर्गतको भण्डारण गृहमा राखिने तथा बाँकी खोप आवश्यकता बमोजिमको प्रयोजनका लागि केन्द्रीय भण्डारण गृहमा राखिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।