शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
काठमाण्डाै – कोरोना भाइरसकाे सङ्क्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप चार जनाको ज्यान गएको छ । अहिलेसम्म काेराेना सङ्क्रमणका कारण नेपालमा ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ६५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै तीन हजार दुई सय १८ जनाको पीसीआर परीक्षण गर्दा एक सय १० कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा दुई लाख ७३ हजार ६ सय ६६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै थप एक सय दुई जना निको भएसँगै नेपालमा काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार ६८ पुगेको छ ।
अहिले नेपालमा एक हजार पाँच सय ३३ जना आइसाेलेशनमा रहेका मन्त्रालयले जनाएकाे छ ।