१३ दिनभित्रै प्रतिनिधि सभाको बैठक डाक्न सर्वोच्चको आदेश

 फागुन ११, २०७७ मंगलबार १८:२७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गरेको हो ।

संवैधानिक इजलासमा रहेका प्रधानन्यायाधीश  चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरू सपना मल्ल प्रधान, तेजबहादुर केसी, अनिलकुमार सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले सर्वसम्मतिले संसद् विघटनको निर्णय बदर गरेको हो । 

सर्वोच्चले अबको १३ दिनभित्र प्रतिनिधि सभाको बैठक आह्वान गर्न पनि आदेश दिएको छ । सर्वोच्चको आदेशअनुसार अब सरकारको सिफारिसमा राष्ट्रपतिले १३ दिनभित्र संसद्को हिउँदे अधिवेशन आह्वान गर्नुपर्नेछ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

1 Comments

  • रामेश्वर अर्याल

    Feb. 23, 2021, 7:46 p.m.

    नेपाल मा कानुन जीउँदै छ ।... भन्ने कुरा प्रमाणिात भएको छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया