पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष घोषणाको ...
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनासँगै त्यसका लागि भइरहेको क्षमा पूजा आज समापन हुँदैछ ।
आज क्षमा पूजाको विशेष विधिपूर्वक राष्ट्रपति विद्यादेवी भण्डारीले समापन गर्ने तयारी छ । हिजो बेलुका ९ बजेको साइतमा पशुपतिनाथको मूल मूर्ति (शिवलिङ्ग) को फेदमा सुनको नयाँ जलहरी राखिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालले जानकारी दिनुभयो ।
नयाँ जलहरी राख्ने क्रममा शिवलिङ्गलाई कुनै क्षति नभएको उहाँको दाबी छ । जलहरी स्थापनाका लागि पशुपतिमा गएको ८ गतेदेखि क्षमा पूजा हुँदै आएको छ । आज विशेष पूजाका लागि बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिमा जाने राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चाँदीको जलहरीमाथि सुनको नयाँ जलहरी राखिएको हो । १ सय ८ किलोको जलहरी निर्माणका लागि कोषले राष्ट्र बैंकबाट १ सय ४ किलो सुन किनेको हो । बाँकी चार किलो चाँदी तथा तामा मिसाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।