अर्जुन ट्रफी क्रिकेटमा आजदेखि सेमिफाइनलका खेल शुरू हुँदै
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – सर्वोच्च अदालतले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा सुनको जलहरी तत्काल नराख्न बुधवार अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सुनको जलहरी राख्ने काम तत्काल नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा बुधवार नै पूजाआराधाना गरी एक सय आठ किलोको सुनको जलहरी अनावरण गर्नुभएको थियो ।
सर्वाेच्चकाे आदेशमा भनिएको छ, पशुपतिनाथ मन्दिरको महत्त्व, संवेदनशीलता र प्राचीन स्मारक संरक्षण ऐन २०१३ को कानुनी व्यवस्थाको सन्दर्भमा सुविधा सन्तुलनको दृष्टिकोणबाट छलफलको टुङ्गो नलागेसम्म पशुपतिनाथको मन्दिरभित्र सुनको जलहरी लगाउने कार्य नगर्नू/नगराउनू ।
पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष, पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्, गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाइ छुट्टाछुट्टै दुई रिट निवेदन दायर गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।