नेकपा आधिकारिताकाे निर्णय फागुन २० मा

 फागुन १३, २०७७ बिहिबार २०:६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले फागुन २० गते निर्णय सुनाउने भएको छ ।

बिहीवार नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीसँग नाम जुधाएकf विवादमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनको सुनुवाइ सकिएपछि फैसला सुनाउने मिति तोकिएको हो ।

निर्वाचन आयोगमा पहिले नै ऋषि कट्टेलको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी नेकपा दर्ता भएको छ । तर एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई निर्वाचन आयोगले वैधता दिएपछि निर्णय बदर गर्न माग गर्दै कट्टेलले सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ ।

रिटमा अन्तिम सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २० गतेका लागि निर्णय सुनाउने मिति तोकेको हो । 

अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा उतिबेलै त्यसविरुद्ध उजुरी दिए पनि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पक्षमा निर्णय गरेको थियो । अहिले ओली र दाहाल पक्षबीचमा पनि विवाद देखिएका बेला आयोगको यस मुद्दाकाे फैसला अर्थपूर्ण हुन सक्नेछ । आयोगको यस निर्णयविरुद्ध अध्यक्ष कट्टेलले २०७५ साल मङ्सिर २१ गते रिट दायर गर्नुभएको थियो । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया