पहाडका केही भूभागमा मेघगर्जनसहित पानी पर्न सक्ने

 फागुन १४, २०७७ शुक्रबार ८:४४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पहाडी क्षेत्रका केही ठाउँमा आज मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएकाे छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार अबको ३ दिनसम्म वाग्मती, गण्डकी, प्रदेश-१ लगायत प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । 

यस्तै आज वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहने र अरु ठाउँको मौसम सफा रहने महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया