दक्षिण कोरिया र हङकङमा कोरोनाविरुद्धको खोप अभियान सुरु, वर्षभरि नै चल्ने

 फागुन १४, २०७७ शुक्रबार १४:५६:५२ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – दक्षिण कोरिया र हङकङले कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेका छन् ।

दक्षिण कोरियाले आउँदो सात महिनाभित्र देशका ७० प्रतिशत नागरिकलाई खोप लगाइ सक्ने लक्ष्य लिएको छ भने हङकङले यस वर्षको अन्तिमसम्ममा सबै वयस्क नागरिकलाई खोप लगाइ सक्ने लक्ष्य लिएको जनाएको छ । 

गएको वर्ष चीनमा देखिएको कोरोना भाइरस चीनबाहिर देखिने क्रमको सुरुवातमै दक्षिण कोरिया र हङकङमा देखिएको थियो । यी दुई देशले व्यक्तिगत दुरी कायम, शीघ्र परीक्षण, क्वरेण्टीन तथा सङ्क्रमितको ट्र्याकिङ गरेर समयमै महामारीलाई नियन्त्रणमा लिएका थिए । 

हङकङमा चीनले आविष्कार तथा उत्पादन गरेको सिनोभ्याक्स खोप प्रयोग गर्ने जनाएकाे छ भने दक्षिण कोरियाले स्थानीय कम्पनी एसके बायोसाइन्सले आस्ट्राजेनेकासँगको सहकार्यमा कोरियामै उत्पादन गरिरहेको खोप र फाइजर कम्पनीको खोप प्रयोग गर्ने जनाएको छ । 

दुवै देशले सन् २०२१ भरि नै खोप अभियान चलाउने बताएका छन् ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया