दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - पत्रकार जमाल खशाेग्गीको हत्याबारे अमेरिकी गुप्तचर संस्थाले निकालेको रिपोर्टलाई साउदी सरकारले अस्वीकार गरेको छ ।
यसअघि अमेरिकी गुप्तचर संस्थाले पत्रकार खशाेग्गीको हत्या साउदी अरबका युवराज सलमान बिन मोहम्मदको आदेशमा भएको निष्कर्ष निकालेको थियो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले रिपोर्ट सार्वजनिक गरेलगत्तै साउदी सरकारले साउदी युवराजको अपमान हुने ढंगले रिपोर्ट सार्वजनिक भएको र यसलाई स्वीकार गर्न नसकिने प्रतिक्रिया दिएको हो ।
साउदी सरकारको विदेश मन्त्रालयले अमेरिकी गुप्तचर निकायले नक्कली रिपोर्ट तयार पारेर सार्वजनिक गरेकोसमेत आरोप लगाएको छ । अमेरिका र साउदी अरबबीच झण्डै ८ दशक वर्षदेखिको मजबुत सम्बन्ध रहेको भन्दै साउदी सरकारका विदेश मन्त्रालयले अमेरिकाको यो रिपोर्टले साउदी अरबको स्वतन्त्र न्यायिक व्यवस्थामा नै असर पर्ने भएकाले यसलाई खारेज गरिने जनाएको छ ।
पत्रकार खशाेग्गीको सन् १०१८ को अक्टोबर २० मा स्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासभित्र हत्या भएको अवस्थामा फेला परेको थियो । खशाेग्गी केही व्यक्तिगत कागजात लिन दूतावास गएका थिए । पत्रकार खशाेग्गी साउदी सरकारको आलोचकको रुपमा रहेका थिए ।
खशाेग्गी हत्या प्रकरणमा साउदीको एक अदालते पाँच जनालाई फाँसीको सजाय सुनाएको थियो । तर, गएको वर्ष अदालतले निर्णय परिवर्तन गर्दै उनीहरुलाई २० वर्ष कैद गर्ने फैसला गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।