भारतीय प्रधानमन्त्री मोदीले लगाए काेराेनाविरुद्धकाे खोप

 फागुन १७, २०७७ सोमबार ९:३३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाउनु भएको छ ।

आज बिहानै मोदीले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिनु भएको हो ।

उहाँले कोरोनाविरुद्धको खोप लगाउन सबैलाई आग्रह गर्नु भएको छ भने कोरोना नियन्त्रणका लागि खटिएका डाक्टर तथा वैज्ञानिकको प्रशंसा पनि गर्नु भएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया