नीलगाईको आक्रमणबाट एक जनाकाे ज्यान गयाे

 फागुन १७, २०७७ सोमबार १७:२८:४२ | रासस
unn.prixa.net

चितवन – चितवनकाे माडी नगरपालिकामा नीलगाईको आक्रमणबाट आज एक जनाको घटनास्थलमै ज्यान गएको छ । ज्यान जानेमा माडी –६ का ५५ वर्षीय वीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार स्थानीय कल्याणपुर सामुदायिक वनमा घाँस काट्न जाने क्रममा तामाङलाई दिउँसाे ४० बजे नीलगाईले आक्रमण गरेको थियो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया