तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण
पुस १३, २०८१ शनिबार
काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आधिकारिक नेकपा र सूर्य चिह्नआफूहरुले पाउने पक्का भएको दाबी गर्नुभएको छ ।
काठमाण्डौमा भएको पार्टी निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता कार्यक्रममा प्रचण्डले निर्वाचन आयोगले आफूहरुलाई नै आधिकारिक नेकपा पार्टी र सूर्य चिह्नदिने पक्का भइसकेको खबर आफूले पाएको बताउनुभो ।
संविधान, राजनीतिक दल सम्बन्धी ऐन र अन्य प्रावधानका आधारमा आफूहरु नै आधिकारिक भएको कुरा निर्वाचन आयोगले पुष्टि गर्न लागेको प्रचण्डको दाबी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा सेटिङ गर्न खोजे पनि उहाँको षड्यन्त्र सर्वोच्चले असफल बनाइदिएको र निर्वाचन आयोगले पनि ओलीको सेटिङलाई भत्काइदिने प्रचण्डको जिकिर छ ।
संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसलाले ओली समूहलाई नराम्ररी पछारिदिएको र हारको झोंकमा जे पायो त्यै भन्दै हिँडेको प्रचण्डको आरोप छ । सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओलीले लाज मान्नुपर्नेमा उल्टै बलियो भएँ भन्दै हिँडेकोमा प्रचण्डले आश्चर्य व्यक्त गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।