इन्डोनेशियामा शक्तिशाली ज्वालामुखी विस्फोट

 फागुन १९, २०७७ बुधबार १२:६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डोनेशियामा शक्तिशाली ज्वालामुखी विस्फोट भएको छ । 

माउन्ट सिनाबंगमा ज्वालामुखी विस्फोट भएसँगै उच्च सतर्कता अपनाइएको बीबीसीको खबरमा  जनाइएको छ । माउन्ट सिनाबंग क्षेत्रको ३ किलोमिटर आसपास रहेका सर्वसाधारणलाई सुरक्षित ठाउँमा सारिएको छ।

विस्फोटपछि ज्वालामुखीको धुँवा पाँच किलोमिटर माथिसम्म फैलिएको थियो । भूकम्पको जोखिममा रहेको त्यस क्षेत्रमा हुने गरेको ज्वालामुखी विस्फोटले इण्डोनेशियाको उत्तरी सुमात्रा प्रान्तमा पनि उच्च सतर्कता अपनाइएको छ । 

इन्डोनेशियामा अहिले  १ सय ३० वटा ज्वालामुखी सक्रिय रहेका छन् । जुन विश्वका अन्य राष्ट्रहरुका सक्रिय ज्वालामुखीको तुलनामा अत्याधिक हो । 
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया