इसाई धर्मगुरु पोप फ्रान्सिस इराकमा

 फागुन २१, २०७७ शुक्रबार १७:४८:५७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – इसाई धर्मगुरु पोप फ्रान्सिस इराक पुग्नुभएको छ । धर्मगुरु पोप रोमबाट केहीबेर अघि इराक पुग्नुभएको बीबीसीले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि  उहाँको याे पहिलो विदेश भ्रमण हो । कडा सुरक्षा व्यवस्थामा राखिएका पोप फ्रान्सिस इराकमा तीन दिन विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै इराकी अधिकारी र इस्लाम धर्मगुरुसँग भेटघाट गर्नुहुने छ । 

धर्मगुरु पोपले इराकमा सदियौँदेखि रहे/बसेका इराकी इसाई धर्मावलम्बीहरूका दुःख–पीडाका बारेमा छलफल गर्नुहुने भ्याटिकनले जनाएको छ । पोप फ्रान्सिसले इराकका शिते धर्मगुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँग भेटवार्ता गर्नुहुने इराकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया