बेलायती राजपरिवारले आफूहरूमाथि जातीय विभेद गरेको पूर्वराजकुमार ह्यारी दम्पतीको भनाइ

 फागुन २४, २०७७ सोमबार १६:१२:३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बेलायती पूर्वराजकुमार ह्यारी र उहाँकी श्रीमती मेगन मर्केलले बेलायती राजपरिवारमा रहँदा भोग्नुपरेका कठिनाइहरू सार्वजनिक गर्नुभएको छ । अमेरिकाको काेलम्बिया ब्राेडकास्टिङ सिस्टम (सीबीएस) टीभीका लागि दिएको अन्तर्वार्तामा ह्यारी र मेगनले दरबारभित्रका विभेदका बारेमा खुलासासमेत गरेका छन् ।

दुई घण्टा लामो अन्तर्वार्तामा उनीहरूले जातीवाद, मानसिक स्वास्थ्य, सञ्चारमाध्यमसँगको आफ्नो सम्बन्ध र राजपरिवारसँग सम्बन्धित विषयमा बोलेका छन् । मेगनले शाही परिवारले आफ्नो छोरा आर्चीको छालाको रङ्गलाई लिएर राजपरिवारका सदस्यले टिप्पणी गरेका र उनलाई राजकुमार बनाउन नचाहेको दाबी पनि गर्नुभएको छ ।

शाही सदस्यको रूपमा आफू दरबारमा एक्लिएको र मानसिक रूपमा अस्वस्थ्य बनेको समेत मेगन मर्केलकाे भनाइ छ । सन् २०२० को मार्चमा राजकीय जिम्मेवारीबाट पन्छिएपछि ह्यारी र मेगन अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन् ।

गएकाे महिनामात्रै उनीहरूले राजपरिवारको उत्तरदायित्व सम्हाल्न नफर्किने घोषणा गरेका थिए । अन्तर्वार्तामा उनीहरूले राजपरिवारले आफूहरूको संरक्षण गर्न नसकेको बताएका छन् ।

ह्यारीले बुबा राजकुमार चार्ल्ससँगकाे सम्बन्ध भने बिग्रिँदै गएको र आफूलाई राजपरिवारले आर्थिक रूपमा सहयोग गर्न छाडेको पनि बताउनुभयो । राजपरिवारसँग आफुहरुको सम्बन्ध बिग्रनुको मुख्य कारण जातीय (नस्लीय) विभेद रहेको उनीहरूको भनाइ छ ।  

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया