अमेरिकी राष्ट्रपति जाे बाइडेनकाे १९ खर्ब डलरकाे काेभिड–१९ राहत प्याकेज पारित

 फागुन २७, २०७७ बिहीबार ७:१४:३८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो बाइडेनले ल्याएको राहत प्याकेजसम्बन्धी विधेयक पारित भएको छ । १.९ ट्रिलियन अर्थात् १९ खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज हाउस अफ रेप्रिजेनटेटिभ (अमेरिकी कंग्रेसकाे तल्लाे सदन) बाट पनि पारित भएको हो । यसअघि यो विधेयक माथिल्लो सदन सिनेटबाट पारित भएको थियो ।

कोरोना भाइरसको महामारीका कारण जनजीविकामै समस्या भोगिरहेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले यो राहत प्याकेज ल्याइएको राष्ट्रपति बाइडेनले बताउनुभएको छ । राष्ट्रपति बाइडेनले राहत प्याकेज कार्यान्वयनका लागि भोलि हस्ताक्षर गर्ने ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेपछि यसले कानुनी रूप पाउने छ ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा अहिलेसम्म पाँच लाख ४२ हजारभन्दा धेरैको  ज्यान गइसकेको छ । दुई करोड ९८ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । महामारीका कारण अर्थतन्त्र प्रभावित भएको छ ।  

बाइडेनले ल्याएकाे राहत प्याकेजअनुसार प्रत्येक नागरिकलाई १४०० डलर दिइने प्रस्ताव गरिएकाे छ । यस्तै बेराेजगारहरूलाई दिने गरिएकाे हप्तामा तीन सय डलरकाे सुविधाले सेप्टेम्बरसम्म निरन्तरता पाउने बताइएकाे छ । 

साथै याे प्याकेजले राज्य तथा स्थानीय सरकारलाई तीन सय ५० अर्ब डलर, विद्यालय खुलाउन सहजीकरणका लागि सय ३० अर्ब डलर, कोभिड-१९ को परीक्षण र अनुसन्धानमा ४९ अर्ब डलर र काेराेनाविरुद्धकाे खोप वितरणमा १४ अर्ब डलर छुट्ट्याउने बताइएकाे छ ।   

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया