रुसले ट्विटरको गति कम गर्‍याे

 फागुन २७, २०७७ बिहीबार १३:२७:४५ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – रुसमा मिडियामाथि निगरानी गर्ने संस्थाले सामाजिक सञ्जाल ट्विटरको गति कम गरिएको जनाएको छ । रुसले प्रतिबन्ध लगाएको सामग्री आफ्नो वेबसाइटबाट नहटाएको भन्दै अमेरिकी कम्पनी  ट्विटरको गति कम गरिएको बताइएको छ । 

रुसको यस संस्थाको आरोप छ, ‘ट्विटरबाट झण्डै तीन हजार पोस्ट्स हटाउन भनिएको थियो, जसमा लागुऔषध पोर्नाेग्राफीसँग सम्बन्धित सामग्री छन् तर कम्पनीले यस्तो गरेन ।’

संस्थाका अनुसार रुसका नागरिकको हितको रक्षाका लागि यो कारबाही गरिएको हो । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधीहरूले ट्विटर निकै उपयोग गर्दै आएको बताइएको छ । 

पुटिनका विरोधीहरु र व्यापक रुपमा ट्विटरको प्रयोग गर्नेहरुले भनेका छन्, ‘कारबाहीपछि हामीहरुलाई ट्विटरको वेबसाइटमा फोटो र भिडियो देख्न कठिन भइरहेको छ ।’

यसैबीच ट्विटरले रुसी संस्थाको कारबाहीबाट आफू गम्भीर चिन्तित भएको जनाएको छ । 

रुसी संस्थाका अधिकारीहरुले यसबारेमा जानकारी दिँदै भनेका छन्, ‘रुसमा सबै मोबाइल उपकरणमा ट्विटरको गति घटाइएको हो र झण्डै आधा डेस्कटप उपकरणमा ट्विटरको गति कम गरिएको हो ।’ 

ट्विटर रुसमा छैटौँ सबैभन्दा ठूलो सोसल मिडिया वेबसाइट हो ।  

एलेक्सी नभेल्नीसहित अन्य विपक्षी नेताले यसको व्यापक उपयोग गर्दै आएका छन् ।  

नभेल्नी अहिले जेलमा छन्, उनलाई गएको जनवरीमा पक्राउ गरिएको थियो । उनलाई विष दिएर ज्यान लिने प्रयास गरिएपछि त्यसको विरोधमा रुसमा केही प्रदर्शन भएका थिए ।  

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया