साढे दुई किलो युरेनियमसहित काठमाण्डाैबाट चार जना पक्राउ

 फागुन २८, २०७७ शुक्रबार १६:३१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको बौद्धबाट साढे दुई किलो युरेनियमसहित चार जना पक्राउ परेका छन् ।

बहुमूल्य धातु युरेनियमसहित पक्राउ पर्नेहरूमा रामेछापको लिखु तामाकोशी गाउँपालिकाका नारायणसिंह तामाङ र जानुका तामाङ, रामेछापको बाघजोर नगरपालिकाका प्रकाश चौहान र सिन्धुलीको सुनकोशी गाउँपालिकाका मनोज न्यौपाने रहेका छन् ।

बौद्धबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले शुक्रवार सार्वजनिक गरेको हो । फेला परेको युरेनियम प्रशोधन नभएको अर्थात् कच्चा हो । प्रहरीका अनुसार १० ग्राम प्रशोधित युरेनियमको मूल्य १८ करोड रुपैयाँ पर्छ ।

नेपालमा युरेनियमसहित कसैलाई पक्राउ गरिएकाे यो पहिलो घटना हो । पक्राउ परेकाहरूलाई विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।    

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया