बर्दियामा निउरो टिप्न गएकी महिलालाई पाटेबाघले लग्यो

 चैत ३, २०७७ मंगलबार १६:२९:३१ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघले महिलालाई लगेको छ । निउरो टिप्न गएका तीन महिलामध्ये ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ की ५५ वर्षीया डल्ली रावतलाई बाघले लगेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

अहिले पाटेबाघले लगेकी महिलाकाे खोजी भइरहेको निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले जानकारी दिनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रबाट बाघको आक्रमणबाट यो वर्ष मात्रै नाै जनाको ज्यान गइसकेको छ ।  

अन्तिम अपडेट: चैत २९, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया