नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास

 चैत ५, २०७७ बिहीबार १०:४७:४९ | रासस
unn.prixa.net

उदयपुर - जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ । 

बुधवार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजलासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित ४० हजार रुपैयाँ दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताउनुभयो । 

यस्तै कसुरदार पुरुषले पीडित राहतकोषमा चार हजार रुपैयाँ जम्मा गर्नुपर्नेसहितको फैसला अदालतले गरेको जिल्ला अदालत उदयपुरले जनाएकाे छ । गएकाे भदौ ९ गते आफ्नै नातिनीलाई बलात्कार गरेको कसुरमा हजुरबुबाविरुद्ध प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले ती पुरुषलाई पक्राउ गरेर अनुसन्धान गरी अदालतको आदेशअनुसार अदालतमा मुद्दा दर्तासँगै पूर्पक्षका लागि थुनामा राख्दै आएको थियो ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया