बाइडेनले सत्ता सम्हालेपछि अमेरिका–रुस सम्बन्ध किन बिग्रियो ?

 चैत ५, २०७७ बिहीबार १५:९:५० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – रुस र अमेरिकाबीच बिग्रँदो सम्बन्धका बीच रुसले आफ्ना अमेरिकी राजदूतलाई फिर्ता बोलाएको छ । रुसले दुई देशबीच लगातार बिग्रँदै गएको सम्बन्धलाई लिएर परामर्श गर्नका लागि राजदूत फिर्ता बोलाएको बीबीसीले जनाएको छ । 

रुसी सरकारले अमेरिकाबाट रुसी राजदूत अनातोली एन्टोनोभलाई मस्को फिर्ता बोलाइएको जनाएको छ । अहिले अमेरिका र रुसबीचको सम्बन्ध निकै बिग्रिएको छ । 

खासमा अमेरिकी राष्ट्रपति जो बाइडेनले एक अन्तर्वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चुनावमा गर्नुभएको कथित हस्तक्षेपको ‘मूल्य चुकाउनु पर्ने’ बताउनुभएको थियो ।

एबीसी  न्युजलाई दिएको अन्तर्वार्तामा बाइडेनले रुसका राष्ट्रपति ‘एक हत्यारा’ भएको आफूले मान्ने गरेको बताउनुभएको थियो । 

गएको नोभेम्बरमा अमेरिका भएको राष्ट्रपति चुनावमा पुटिनले एक ‘हस्तक्षेप अभियानको माध्यमबाट चुनावमा हस्तक्षेप गर्ने कोसिस गरेको’ भन्ने अमेरिकी जासुसी संस्थाको रिपोर्टलाई उद्धृत गर्दै बाइडेनले यस्तो बताउनुभएको थियो । 

रुसले पूर्व रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा चुनावी नतिजा उल्टाउने कोसिस गरिरहेको रिपोर्टमा आरोप लगाइएको छ, रुसको त्यो प्रयासलाई डेमोक्रेटेट नेता बाइडेनको जितले विफल साबित गरेको पनि रिपोर्टमा उल्लेख छ । 

यी आरोपमाथि पुटिनका प्रवक्ता दिमित्री पेसकोभले आरोपको समर्थनमा प्रमाण नभएको र यस्ता आरोपले द्विपक्षीय सम्बन्धमा क्षति पुग्ने बताउनुभएको छ । 

आउँदो हप्तासम्म यस रिपोर्टको निष्कर्ष आउने आशा गरिएको छ र त्यसपछि अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउन सक्ने जनाइएको छ । 

रुसको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अमेरिकामा रुसी राजदूत अनातोली एन्टोनोभलाई अमेरिकासँग रुसको सम्बन्धको सन्दर्भमा के गर्नुपर्छ, यसबारेमा विश्लेषण र परामर्शका लागि मस्को बोलाइएको हो ।’

विज्ञप्तिमा रुस अमेरिकासँग लगातार बिग्रिरहेको सम्बन्ध सुधार्न चाहेको बताइएको छ ।  

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया