सात सय ४९ पालिकामा बैंकका शाखा पुगे, यी हुन् शाखा नपुगेका चार पालिका

 चैत ५, २०७७ बिहीबार १६:२६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सात सय ५३ पालिकामध्ये सात सय ४९ वटा पालिकामा 'क' वर्गका अर्थात् वाणिज्य बैंकको शाखा पुगेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार माघ महिनासम्म सात सय ४९ पालिकामा बैंकका शाखा पुगेका छन्, चार वटा पालिकामा शाखा पुग्ने क्रममा रहेका छन् । प्रदेश दुई, गण्डकी र लुम्बिनी प्रदेशका सबै पालिकामा बैंकका शाखा पुगेका छन् ।

प्रदेश एकको ताप्लेजुङको मिक्वा खोला गाउँपालिका, वाग्मती प्रदेशको धादिङको रुबिभ्याली गाउँपालिका, कर्णालीको जाजरकोटको जुनिचाँदे र सुदूरपश्चिमको बझाङको काँडा गाउँपालिकामा बैंकको शाखा पुगेको छैन ।

राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको सङ्ख्या माघ मसान्तमा एक सय ४३ रहेको छ । यसमध्ये २७ वाणिज्य बैंक, १९ विकास बैंक, २० वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरूको शाखा सङ्ख्या १० हजार तीन सय ६६ पुगेको छ ।  

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया