पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
बाँके – क्याम्पस सञ्चालकसमेत रहेका पूर्वसांसद मैकुलाल बाल्मिकीले सोमबार नेपालगञ्जमा नेविसंघ नेता चन्द्रप्रकाश देवकोटालाई कुटपिट गरेका छन् ।
बाल्मिकी सञ्चालक रहेको नेपालगञ्ज हेल्थ कलेजमा कुटिएका महेन्द्र बहुमुखी क्याम्पस नेविसंघ कार्यवाहक इकाई सभापति चन्द्रप्रकाश देवकोटाको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भैरहेको छ ।
बाल्मिकी दोश्रो संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट समानुपातिकमा सभाषद बन्नुभएको थियो । विद्यार्थी संगठनले राखेका मागबारे क्याम्पसमा वार्ताका लागि बोलाएर विद्यार्थी नेतालाई कुटपिट गरिएको नेविसंघका इकाई सभापति चेतनारायण शर्काले जानकारी दिनुभयो ।
अछामको पञ्चदेवल विनायक नगरपालिका ४ का राजेन्द्र बडुवालले २०७३ असोजमा नेपालगञ्ज हेल्थ कलेजमा ल्याब असिस्टेन्टमा भर्ना भइ एक वर्ष अध्ययन गरेपछि वार्षिक परीक्षाबाट वञ्चित गरिएको भन्दै नेपाल विद्यार्थी सङ्घ सीटीईभीटी केन्द्रीय समन्वय समिति र प्रदेश समितिले गएको साउन ३१ गते क्याम्पसमा तालाबन्दी गरेको थियो । विद्यार्थीलाई वार्षिक परीक्षामा सामेल गराउन पटक–पटक आग्रह गर्दा पनि सञ्चालक बाल्मिकीले विद्यार्थीको फर्म नबुझेको र कुटपिटमा उत्रिएको नेविसंघको दावी छ ।
यसै विषयलाई लिएर छलफलका लागि सोमबार क्याम्पस पुगेका देवकोटा र सीटीईभीटी नेविसङ्घका केन्द्रीय उपाध्यक्ष सुरज थापामाथि सञ्चालक बाल्मिकी सहितको समूहले निर्घात कुटपिट गरेको नेविसंघले जनाएको छ ।
घटनापछि प्रहरीले विद्यार्थी नेताको उद्दार गरेको हो । नेविसङ्घका नेता शर्माले विद्यार्थी कुट्ने आप्नै पार्टीका नेता भए पनि कारबाहीका लागि दबाबमूलक कार्यक्रम गरिने बताउनुभयो । संयुक्त विद्यार्थी संगठनको बैठक बसेर आन्दोलनका कार्यक्रम ल्याउने उहाँको भनाई छ ।
क्याम्पस सञ्चालक समेत रहनुभएका बाल्मिकीले भने आफूले कसैलाई कुटपिट नगरेको बताउँदै यो नेपाली काङ्ग्रेसको गुटगत विवाद भएको दावी गर्नुभयो । ‘उहाँहरु कोइराला पक्षको, बाल्मिकीले भन्नुभयो, म देउवा पक्षको सामान्य विवाद भएको हो, अस्पताल भर्ना भएर नाटक गरेका छन्’ उहाँले भन्नुभयो ।
वार्ताका क्रममा आन्दोलनरत नेविसंघका नेताले आफ्नो सर्टको कलर समातेपछि आफ्नो पक्षका नेविसंघकै विद्यार्थीले प्रतिकार गर्दा आफू र देवकोटालाई सामान्य चोट लागेको उहाँको भनाई छ ।
बाल्मिकीले सीटीईभीटीको नियम अनुसार आफूले निर्णय गरेको भन्दै सीटीईभीटीले दोषी ठहर गरे सजाय भोग्न तयार भएको बताउनुभयो । तालाबन्दी गरी विद्यार्थी नेताले दुईलाख ५० हजार रुपैयाँको बार्गेनिङ्ग गरेको उहाँको दावी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।