कोरोना रोकथामका लागि विश्व बैंकले ८ अर्ब ७० करोड रूपैयाँ सहयाेग दिने

 चैत ६, २०७७ शुक्रबार १२:५७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व बैंकले नेपाललाई कोरोना रोकथाम र खोप अभियानमा सघाउन ८ अर्ब ७० करोड रूपैयाँ आर्थिक सहयोग दिने भएको छ ।

नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोरोनाविरूद्धका खोपको समतामूलक वितरणमा सहयोग पुर्याउन अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडाणमार्फत् ८ अर्ब ७० करोड रुपैयाँ सहयोग गर्ने विश्व बैंकले जनाएको हो ।

यस सहयोगबाट कम्तीमा एक तिहाइ जनसङ्ख्यासम्म खोपको सुविधा विस्तार गर्न सकिने अपेक्षा गरिएको पनि विश्व बैंकले जनाएको छ । विशेष गरी खोपको खरिद, आपूर्ति र वितरणको सन्दर्भमा कम्तीमा ७२ प्रतिशत नागरिकलाई  खोप दिने सरकारको महत्वाकाङ्क्षी योजनालाई सघाउनका लागि साझेदारी गरिएको माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले बताउनु भएको छ।

गएको वर्ष चैतमा विश्व बैंकद्वारा स्वीकृत गरिएको २.९ करोड अमेरिकी डलर बराबरको कोभिड-१९ आपत्कालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी मूल आयोजना तथा सरकारको समग्र कोभिड-१९ प्रतिकार्यमा विकासका अन्य साझेदारहरूको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर यस अतिरिक्त वित्त सहयोग आएको हो ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया