आगाे निभाउने क्रममा एक जनाकाे ज्यान गयाे

 चैत १३, २०७७ शुक्रबार १८:१०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका १० गारावाङमा आगो निभाउने क्रममा जलेर एक जनाकाे ज्यान गएकाे छ । जङ्गलमा लागेको आगो गाउँतिर पसेपछि आगो निभाउने क्रममा ४५ वर्षीया सर्केनि दमाईको जलेर ज्यान गएकाे हाे । आगो निभाउन खोज्दा जलेकी सर्केनीको घटनास्थलमै ज्यान गएकाे वडा सदस्य तिलक खड्काले जानकारी दिनुभयो । 

गाउँलेसँगै आगो निभाउन खटिएकी सर्केनिलाई आगोले भेटेको थियो । त्यस्तै आगलागीका कारण गगन जैसीको गोठ जलेर नष्ट भएको छ । बिहीवार वडा नम्बर १० को राजिखेत भन्ने ठाउँबाट सुरु भएको आगो आधा दर्जनभन्दा बढी जङ्गलमा फैलिएको वडा सदस्य खड्काले बताउनुभयो ।

आगो गाउँतिर फैलिएपछि स्थानीयवासी त्रसित बनेका छन् । आगो छेकेर गाउँ बचाउने प्रयासमा उनीहरू जुटेका छन् । आगो नियन्त्रणमा आउन सकेको छैन । सुविखाली सामुदायिक वन, चमेरेपातल सामुदायिक वन, चक्कुलाउने कबुलियति वन, तेस्रापाखा सामुदायिक वन, देउरालीचुरा राष्ट्रिय वन र वयाल्ने राष्ट्रिय वनमा आगो लागिरहेको छ ।  

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया