ओलीले गणतन्त्र समाप्त पार्दै हुनुहुन्छ, चाँडै अविश्वासको प्रस्ताव पेश हुन्छ : प्रचण्ड

 चैत १४, २०७७ शनिबार १५:५८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिने बताउनुभएको छ ।

बृहत नागरिक आन्दोलनले काठमाण्डौमा गरेको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले संसद पुन:स्थापनाको फैसला गरेपछि तत्कालै ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने भए पनि प्रस्तावपछिको राजनीतिक निकासबारे प्रष्ट नहुँदा ढिलाइ भएको बताउनुभयो ।

उहाँले अब अविश्वासको प्रस्तावको लागि धेरै दिन कुर्न नसकिने बताउनुभयो । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले साथ दिएमा ओली सरकारलाई दिएको समर्थन तत्कालै फिर्ता हुने प्रचण्डको भनाइ छ । प्रधानमन्त्री ओली प्रतिगामी बाटोमा लागेको र उहाँ सत्तामा रहुञ्जेल संविधान, गणतन्त्र लगायतका उपलब्धि पनि गुम्न सक्ने खतरा रहेको प्रचण्डको दाबी छ ।

कार्यक्रममा जसपाका नेता महन्थ ठाकुरले अहिलेको समस्याको मुख्य कारण नेकपाभित्रकै विवादबाट आएकोले यसमा जसपा मुछिन उचित नभएको बताउनुभयो । आफ्ना पार्टीका नेताहरुको रिहाइ लगायतका माग सरकारसमक्ष राखेको र माग पूरा भएपछि जसपाले अविश्वासको प्रस्ताव या नयाँ सरकारको बारेमा छलफल गर्न सकिने बताउनुभयो । 
 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया