प्रधानमन्त्री ओली फुटबल खेल हेर्न रङ्गशाला जाने, पूरै समय बिताउने

 चैत १६, २०७७ सोमबार १३:५४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र बङ्गलादेशबीचको फाइनल खेल हेर्न दशरथ रङ्गशाला जानुहुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निम्तोलाई स्वीकार गर्दै प्रधानमन्त्री ओली खेल हेर्न र प्रतियोगिताको समापनमा सहभागी हुने प्रेस संयोजक रामशरण बजगाईँले उज्यालोलाई जानकारी दिनुभयो । 

सवा पाँच बजे रङ्गशाला पुग्नु हुने प्रधानमन्त्रीले पूरै समय खेल हेर्ने पनि बजगाईँले जानकारी दिनुभयो । प्रधानमन्त्री उपस्थित भए पनि रङ्गशाला वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । रङ्गशाला प्रवेश गर्ने दर्शकको जाँचमा पनि कडाइ हुने सुरक्षा स्रोतले जनाएको छ ।

नेपाल र बङ्गलादेशबीचको फाइनल खेल साढे पाँच बजे सुरु हुँदैछ । त्रिदेशीय फुटबल कपकाे उपाधिका लागि नेपाल र बङ्गलादेश खेल्न लागेका हुन् । 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया