जनगणनाका लागि भइरहेकाे तयारी र प्रगतिबारे राष्ट्रिय सराेकार समितिले जानकारी लियाे

 चैत १८, २०७७ बुधबार १८:०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आउँदो जनगणनाका लागि भइरहेको तयारी र अहिलेसम्मको प्रगतिबारे जानकारी लिएको छ ।

आउँदो जेठ २५ देखि असार ७ गतेसम्म हुने बाह्राैँ राष्ट्रिय जनगणनाको तयारीबारे समितिले राष्ट्रिय योजना आयोग र तथ्याङ्क विभागसँग जानकारी लिएको हो । समितिको बैठकले गणकलाई प्रत्येक घरदैलोमा पुगेर वास्तविक तथ्यका आधारमा तथ्याङ्क सङ्कलन गर्ने काममा कमजोरी हुन नदिन पनि ध्यानाकर्षण गराएको छ ।

बैठकमा सदस्यहरूले बसाइसराइँ र विभिन्न पेसा, व्यवसायमा संलग्न हुने सिलसिलामा सहर र विदेशमा जाने नागरिकको दोहोरो गणना हुन सक्ने जोखिमलाई ध्यान दिनुपर्ने बताएका छन् । जनगणनाका लागि स्थलगत तथ्याङ्क सङ्कलन गर्न ३९ हजार गणक तथा आठ हजार सुपरीवेक्षक परिचालन गरिने केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालमा हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ । यस वर्षको जनगणनाको मूल नारा ‘मेरो गणना, मेरो सहभागिता’ रहेको छ ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया