मनाङलाई हराउँदै सङ्कटा आहा रारा गोल्ड कपको सेमिफाइनलमा

 चैत २३, २०७७ सोमबार १८:१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सङ्कटा क्लब आहा रारा गोल्ड कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई एक–शून्य गोलले हराउँदै सङ्कटाले अन्तिम चारमा स्थान पक्का गरेको हो । सङ्कटाको जितमा खेलकाे ४३ औँ मिनेटमा फोफो माले गोल गरे । सङ्कटासँगै एपीएफ र अफ्रिकन रुट सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । 

प्रतियोगिताको अन्तिम क्वाटर फाइनलमा मङ्गलवार थ्री स्टार क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ ।  

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया