अमेरिकी प्रतिबन्धको अन्तर्राष्ट्रिय फौजदारी अदालतले निन्दा गर्याे
माघ २५, २०८१ शुक्रबार
गाेरखा – मनकामना केबलकार ६ दिनका लागि बन्द हुने भएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो ।
केबलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मत, सम्भारका लागि केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालीले जनाएकाे छ ।
चैत ३१ गतेदेखि फेरि नियमित सञ्चालनमा आउने कम्पनीले निकालेकाे विज्ञप्तिमा जनाइएकाे छ । यस अवधिभर चितवनको इच्छाकामना ४ चेरेसकाे बटम स्टेशनमा रहेको रेस्टुरेन्ट भने यथावत् सञ्चालनमा रहने प्रालीले जनाएको छ । २३ वर्षअघि स्थापना भएको नेपालको पहिलो केबलकार एनालगबाट डिजिटल प्रविधिमा जाने भएको हो ।
गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना दर्शन प्रालीले २०५५ साल मङ्सिरबाट सञ्चालनमा ल्याएको मनकामना केबलकार तीन चरणमा स्तरोन्नति गरिने मनकामना दर्शन प्रालीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।