चितुवाकाे आक्रमणबाट बर्दियामा एक जनाको ज्यान गयाे
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै - राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कर्णाली करिडोरको रोकिएको निर्माणको काम सुरु भएको छ ।
केही महिनादेखि ब्लास्टिङ सामग्रीको अभाव भएका कारण सडक निर्माणको ट्र्याक खोल्ने काम प्रभावित भएको थियो ।
सेनाको सहयोगमा ब्लास्टिङ सामग्री सिमीकोट पुर्याएर रोकिएको काम सुरु भएको सिमीकोट–हिल्सा सडक योजनाका प्रमुख विसुन्दास लामाले बताउनुभयो ।
सिमीकोट–हिल्सा सडकखण्डमा च्याछरा चट्टाने भीर तथा सडकमा रहेका कडा चट्टानहरु फुटाउने कार्य भइरहेको छ । दुई महिनाभित्र यो खण्डको ‘ब्रेक थ्रु’ भए सिमीकोटदेखि चीनको नाका हिल्सासम्म ९५ किलोमिटर सडक मार्गबाट सजिलै यात्रा गर्न सकिने लामाको दाबी छ ।
खार्पुनाथ गाउँपालिकामा रहेको बोक्चेगौँडामा ४०० मिटरको भिरबाट अब एक्स्काभेटर छिर्न सक्ने भएको पीएसदी क्याराभान कङ्ग्री जेभीका स्थानीय प्रतिनिधि क्याछोक लामाले बताउनुभयो ।
दुईवटा बेलिब्रिज पुल जडान गर्न र निर्माण व्यवसायीले निरन्तर काम गरे हुम्लाको सदरमुकाम सिमीकोट जोड्ने काम अबको एक वर्षभित्र सकिने सडक योजनाका प्रमुख लामाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।