कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखामा सर्वसम्मत कार्यसमिति चयन

 चैत २४, २०७७ मंगलबार १५:२६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल पत्रकार महासङ्घ, कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखामा अर्जुन पोख्रेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चैत २२ गते आइतवार बसेको शाखाको बैठकले सर्वसम्मत कार्यसमिति चयन गरेको थियो । 

नयाँ कार्यसमितिलाई मङ्गलवार निर्वाचन समितिका संयोजक मण्टेश्वरी राजभण्डारी र नेपाल पत्रकार महासङ्घबाट खटिनुभएका प्रतिनिधि बोमलाल गिरीले आधिकारिकताको साथै प्रमाणपत्र प्रदान गर्नुभयो । शाखाको अध्यक्षमा अर्जुन पोख्रल, उपाध्यक्षमा संघर्ष विष्ट र महिला उपाध्यक्षमा सुजाता खत्री चयन हुनुभएको छ । यस्तै सचिवमा शर्मीला राजोपाध्याय, सह–सचिवमा दामोदर न्यौपाने, कोषाध्यक्षमा जानुका दुवाडी सर्वसम्मत हुनुभएको छ । 

यस्तै कार्यसमिति सदस्यमा बेदानन्द जोशी र सञ्जिता देवकोटा चयन हुनुभएको छ । यस्तै राष्ट्रिय परिषद् सदस्यमा मिलन तिमिल्सिना र दीपा तिमल्सिना तथा प्रदेश परिषद् सदस्यमा दिनेश निरौला सर्वसम्मत हुनुभएको छ । 

नयाँ कार्यसमितिलाई कम्युनिकेशन कर्नरका कार्यकारी अध्यक्ष गोपाल गुरागाईं, केन्द्रबाट खटिएका प्रतिनिधि बोमलाल गिरी, निवर्तमान अध्यक्ष सुफल काफ्ले लगायतले बधाई तथा शुभकामना दिनुभएको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया