स्कुले बालबालिका कोरोनाको उच्च जोखिममा, सङ्क्रमणदर बढेर १६ प्रतिशतसम्म पुग्यो

 चैत २७, २०७७ शुक्रबार ८:२७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्कुले बालबालिका कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा परेका छन् ।

कोरोनाको नयाँ भेरियन्ट बालबालिकामा देखिने क्रम बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसले विद्यालय क्षेत्र पनि कोरोनाको उच्च जोखिममा परेको छ ।

काठमाण्डौ, पोखरालगायतका ठूला सहरका विद्यालयमा सङ्क्रमणको जोखिम उच्च रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताउनुभयो । यसअघि सरकारले ज्येष्ठ नागरिक र दीर्घरोघीलाई उच्च जोखिमयुक्त वर्गमा राखेको थियो । तर, पछिल्लो समय भने बालबालिका पनि उच्च जोखिममा परेका उहाँले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका अनुसार हिजो एकैदिन १८ वर्षमुनिका ५१ जना बालबालिका सङ्क्रमित भएका छन् । १८ वर्षमुनिका व्यक्तिमा सङ्क्रमणदर उल्लेख्य वृद्धि हुँदै गएको छ ।

मन्त्रालयको पछिल्लो तथ्याङ्कले १८ वर्षमुनिका व्यक्तिमा सङ्क्रमणदर बढेर १६ प्रतिशत पुगेको देखाएको छ । १८  वर्षभन्दा मुनिका व्यक्तिलाई कोरोनाको नयाँ भेरियन्ट देखिने क्रम बढेकाले शैक्षिक संस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ । भारतमा पनि बालबालिका र युवामा कोरोनाको नयाँ भेरियन्टको जोखिम उच्च छ ।

भारतसँग खुला सिमानाका रहेकाले नेपालमा सङ्क्रमणको जोखिम धेरै छ । नेपाल, बेलायतमा देखिएको कोरोनाको भेरियन्टसँग मिल्दोजुल्दो भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पनि बढिरहेको छ । स्वास्थ्य विज्ञले घरबाट बाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्न र बेलाबेलामा साबुनपानीले हात धुन तथा भीडभाडमा नजान आग्रह गर्दै आएका छन् ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया