सुर्खेतको सिस्नेरीमा आगलागी, नौ घर जलेर नष्ट

 चैत २७, २०७७ शुक्रबार ९:१३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत - सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागी हुँदा नौ घर जलेर नष्ट भएका छन् ।

बराहताल-९ मा रहेको सिस्नेरी बस्तीमा आगलागी भएको वडाध्यक्ष युवराज कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हरियाली सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किएको हो । बस्तीबाट नजिकै रहेको वनमा लागेको आगोले सिधै बस्तीमा भेट्टाउँदा घर जलेका वडा अध्यक्ष कार्कीको भनाइ छ । सिस्नेरी गाउँमा १८ भन्दा धेरै घरधुरी रहेका छन् ।

अहिले आफूसहितको टोली तत्काल आवश्यक पर्ने राहत सामग्री लिएर घटनास्थल जान लागेको गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले बताउनुभयो।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया