भारतमा पछिल्लाे २४ घण्टामा एक लाख ५० हजारभन्दा धेरैमा काेराेना सङ्क्रमण

 चैत २९, २०७७ आइतबार १३:८:५२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतमा पछिल्लाे २४ घण्टा एक लाख ५० हजारभन्दा धेरै जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । त्यहाँकाे स्वास्थ्य मन्त्रालयले पछिल्लाे २४ घण्टामा एक लाख ५२ हजार आठ सय ७९ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे र काेराेनाका कारण आठ सय ३९ जनाकाे ज्यान गएकाे जनाएकाे छ । 

याेसँगै भारतमा अब काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ११ लाखभन्दा धेरै भएकाे छ, त्यस्तै काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या एक लाख ६९ हजार दुई सय ७५ पुगेकाे छ । 

भारतमा काेराेना महामारीकाे पहिलाे लहर देखिएकाे सङ्क्रमण दरभन्दा दाेस्राे लहरकाे सङ्क्रमण दर धेरै चिन्ताजनक देखिएकाे छ । 

केही दिनयता भारतमा काेराेना सङ्क्रमितकाे सङ्ख्या लगातार बढिरहेकाे छ । अहिलेसम्म भारतमा एक कराेड ३३ लाख ५८ हजारभन्दा धेरैमा काेराेना सङ्क्रमण पुष्टि भएकाे र तीमध्ये एक कराेड २० लाख ८१ हजारभन्दा धेरै निकाे भएकाे त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

भारतमा गएकाे ७ अप्रिलमा एक लाख १५ हजार सात सय ३६, ८ अप्रिलमा एक लाख २६ हजार सात सय ८९, ९ अप्रिलमा एक लाख ३१ हजार नाै सय ६८ र १० अप्रिलमा एक लाख ४५ हजार तीन सय ८४ जनामा सङ्क्रमण पुष्टि भएकाे थियाे ।  

यसैबीच भारत सरकारले आइतवार ११ अप्रिलदेखि १४ अप्रिलसम्म चार दिनका लागि काेराेना भाइरसविरुद्ध 'खाेप उत्सव' मनाउने तयारी गरेकाे छ । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले खाेप उत्सवलाई काेराेनाविरुद्ध दाेस्राे ठूलाे युद्धकाे सुरुवात भएकाे बताउनुभएकाे छ ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया