आङ सान सुकीमाथि ६ नयाँ आराेप

 चैत ३०, २०७७ सोमबार २०:१५:२५ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – म्यानमारमा सेनाको ‘कू’ पछि अपदस्थ गरिएकी नागरिक नेतृ आङ सान सुकीलाई सोमवार नयाँ फौजदारी अभियोग लगाइएको उहाँका वकिलले जानकारी दिएका छन् ।

सुकीमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ । न्यापिटअ पाँच र याङ्गु एउटा मुद्दा लगाइएको उहाँका वकिल मीन मीन सोले एएफपीलाई बताएका छन् । पछिल्लो आरोप देशको प्राकृतिक प्रकोप व्यवस्थापन कानुनअन्तर्गत रहेको पनि वकिलले थप जानकारी दिएका छन् । 

म्यानमारको उत्तर–पूर्वी बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा आइतवारमात्र कम्तीमा ८० जनाको ज्यान गएकाे थियो । म्यानमारमा गएकाे फेब्रुअरी १ (माघ १९) मा देशको शासन सत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६ सयभन्दा बढी मानिसको ज्यान गइसकेकाे छ ।

सेनाले चुनावका बेला व्यापक धाँधली भएको दाबी गर्दै आएको छ । त्यस चुनावमा आङ सान सुकी र उहाँको ‘नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)’ दल निर्वाचित भएको थियो । निर्वाचन आयोगले धाँधलीको त्यस दाबीलाई खारेज गरिदिएको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया