राष्ट्र हित विराेधी गतिविधिमा प्रधानमन्त्रीकाे नाम जाेडिएर खबर आउँदा प्रश्न उब्जिएकाे छ : प्रचण्ड

 वैशाख ३, २०७८ शुक्रबार १३:१०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाउनुभएको छ ।

शुक्रवार ‘वाग्मती प्रदेश कराँते च्याम्पियनशिप–२०२१’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीबाट देशलाई बन्धकी राख्ने तथा राष्ट्रिय हित विपरीतका गतिविधि गर्ने काम भएको आराेप लगाउनुभएकाे हाे । 

प्रधानमन्त्री राष्ट्रिय हित विपरीतका गतिविधिमा संलग्न भएको खबरहरू आएको भन्दै उहाँले त्यस खबरले नेपालीको इज्जत, प्रतिष्ठा र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न चिह्न खडा गर्ने दुस्साहस भएको बताउनुभयो ।नेपालीहरूलाई राष्ट्र हित विरोधी षड्यन्त्र स्वीकार नभएको पनि अध्यक्ष दाहालले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तानाशाही र निरङ्कुश शक्तिहरू एकचोटि परास्त भए तर तिनीहरू पूरै परास्त अझै भएका छैनन् । उनीहरूको कसरत, षड्यन्त्र नेपाल र नेपाली नागरिकका विरुद्ध चलिराखेको छ । देशलाई बन्धकी राख्ने, राष्ट्रिय हितका विपरीत गतिविधि गर्ने काममा स्वयम् सरकारका नेतृत्व गर्ने प्रमुखहरू नै लागेका खबरहरूले नेपाल र नेपाली नागरिककाे इज्जत र प्रतिष्ठा, उनीहरूको आत्मसम्मान र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न चिह्न खडा गर्ने दुस्साहस भएको छ । तर सचेत नेपाली नागरिक, स्वस्थ नेपाली नागरिक, बलिष्ठ नेपाली नागरिकलाई यी सबै षड्यन्त्र स्वीकार्य छैन ।’

अध्यक्ष प्रचण्डले केही मानिसहरूले सङ्घीयतालाई खारेज गर्ने र पालिकालाई दिएको अधिकार खोस्ने सपना देखेको पनि बताउनुभयो । तर परिवर्तनलाई उल्ट्याउने कुरा नेपाली नागरिकलाई मान्य नहुने उहाँले बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अहिले पनि केही मानिसहरूले त्यस्तो सपना देख्छन् । सङ्घीयतालाई खारेज गर्ने, पालिकामा गएको अधिकारलाई खोसेर फेरि केन्द्रका केही सीमित व्यक्तिहरूको हातमा केन्द्रित गर्ने, समावेशिता र समानुपातिकतालाई उल्ट्याउन खोज्ने प्रवृत्ति देखा परेको छ । केही मुठ्ठीभर  मान्छेहरूले षड्यन्त्रपूर्ण तरिकाले यसलाई उल्ट्याउन खोज्ने कुरा नेपाली नागरिकलाई मान्य छैन ।’

अध्यक्ष प्रचण्डले आर्थिक विकास र समृद्धिका लागि खेल क्षेत्रको भूमिका र महत्त्व बढ्दै गएको पनि बताउनुभयो । 

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया