काेराेना महामारीलाई मध्यनजर गर्दै राहुल गान्धी चुनावी र्‍यालीमा सहभागी नहुने

 बैशाख ५, २०७८ आइतबार २०:१९:१३ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भारतीय कांग्रेसका नेता राहुल गान्धीले पश्चिम बङ्गालमा तय गरिएका आफ्ना सबै चुनावी र्‍याली स्थगित गर्नुभएको छ । काेभिड–१९ (कोरोना भाइरस) को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरेर आफूले सबै चुनावी र्‍याली स्थगित गरेको र यसबारे अरू पार्टीका नेताहररूलाई पनि सोच्न आग्रह गान्धीले गर्नुभएको छ । 

विपक्षी नेता गान्धीले ट्विटरमा लेख्नुभएकाे छ, ‘कोभिडका कारण सिर्जित अवस्थालाई मध्यनजर गर्दै पश्चिम बङ्गलामा हुने मेरा सबै र्‍याली रद्द गरेको छु । म अरू पार्टीका नेताहरूलाई पनि यस्ताे अवस्थामा हुने र्‍यालीका कारण निम्तिन सक्ने अवस्थाप्रति गम्भीर बन्न अपिल गर्छु ।’ 

पश्चिम बङ्गाल विधानसभा चुनावअन्तर्गत पाँचौँ चरणको मतदान भइसकेको छ । अझै तीन चरणको चुनाव हुन बाँकी छ । कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढिरहेको भए पनि विभिन्न पार्टीका नेताहरूले दैनिकजसो चुनावी सभा तथा र्‍याली गर्दै आएका छन् ।

शनिवार भाजपाको तर्फबाट राज्यमा प्रधानमन्त्री नरेन्द्र मोदीले एक सभालाई सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्री मोदीले अप्रिल २२ र २४ मा त्यस राज्यको भ्रमण गर्ने तयारी छ ।    

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया