भारतको सिरम इन्स्टिच्युटले कोभिशिल्ड खोपको मूल्य सार्वजनिक गर्‍याे

राज्य सरकारलाई प्रतिडोज चार सय र निजी अस्पताललाई ६ सय भारु

 वैशाख ८, २०७८ बुधबार १४:५०:५९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – काेराेना खाेप उत्पादन गरिरहेकाे भारतकाे सिरम इन्स्टिच्युट अफ इण्डिया (सीआईआई) ले कोभिशिल्ड खोपको बिक्री मूल्य तोकेको छ । कोभिशिल्ड खोप उत्पादन गरिरहेको सीआईआईले उत्पादन हुने कुल खोपमध्ये ५० प्रतिशत भारतको केन्द्र सरकारका लागि छुट्याउने र बाँकी ५० प्रतिशत राज्य सरकार र निजी अस्पताललाई बिक्री गर्ने जानकारी दिएको छ ।

कोभिशिल्डको नामबाट एस्ट्राजेनिका र अक्सफोर्डको खोप बनाइरहेको सीआईआईले राज्य सरकारलाई प्रति डोज चार सय भारु र निजी अस्पताललाई ६ सय भारुका दरले खोपको मूल्य तोकेको बीबीसीले जनाएको छ ।

कम्पनीले विदेशी खोपको तुलनामा आफूले निकै कम मूल्यमा खोपको बिक्री गर्ने पनि दाबी गरेको छ । भारतमा अमेरिकी खोपको मूल्य १५ सय भार तथा चिनियाँ र रुसी खोपको सात सय ५० भारु पर्न आउने सिरमको दाबी रहेको खबरमा उल्लेख छ ।

निजी कम्पनी र कर्पोरेट हाउसहरूले पनि अबको चार/पाँच महिनापछि सरकारी र निजी स्वास्थ्य प्रणालीमार्फत खोप खरिद गर्न सक्ने सीआईआईले जनाएको छ ।  

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया