आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न

 वैशाख १३, २०७८ सोमबार ८:२०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २३ औं वार्षिक साधारण सभा आइतवार सम्पन्न भएको छ । 

कोरोना महामारीलाई मध्यनजर गर्दै लिमिटेडले जुमको माध्यमबाट साधारण सभा अनलाइन रुपमा सञ्चालन गरेको जनाएको हो । 

सभामा अध्यक्ष हेमराज ढकालले देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको भन्दै अहिले बीमा सम्बन्धमा जनमानसको सोचमा क्रमश परिवर्तन भइ रहेको बताउनु भयो । उहाँले आउँदो दिनमा नेपाली बीमा बजार अझै फराकिलो हुनेछ भन्ने विश्वास लिइएको बताउनु भयो ।

अहिले कुल बीमाको पहुँच २६ प्रतिशत रहेको छ भने समग्र बीमा क्षेत्रको कुल गार्थस्थ्य उत्पादनमा योगदान ३.४ प्रतिशत रहेको छ । बीमाको दायरामा वृद्धि भएर व्यावसाय र मुनाफामा पनि क्रमश वृद्धि हुनेछ भन्ने विश्वास लिएको उहाँले बताउनु भयो ।

पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिष्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुँच विस्तार आदिले बीमा व्यवसाय वृद्धि, नाफामा वृद्धि भएबाट पूँजीबजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको कम्पनीले जनाएको छ ।

बीमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बीमाको नयाँनयाँ क्षेत्र पहिल्याएर आम नागरिकलाई सहज सेवा प्रदान गर्ने हेतुले आउँदो बर्षमा अझै नवीनतम सेवाहरुसहित ग्राहकमुखी भएर सन्तुष्ट ग्राहकहरुको संख्यामा वृद्धि गरी अगाडि बढ्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ । 

कम्पनीको व्यवसायमा भएको विस्तारसँगै जोखिम धारण क्षमतामा समेत वृद्धिको लागि कम्पनीले चुक्ता पूँजी र नेटवर्थमा वृद्धि गर्न आवश्यक  हुने हुनाले हालको चुक्ता पूँजीको ७ प्रतिशतको दरले बोनस शेयर प्रदान गर्ने भएको छ । साथै कम्पनीको नियामक निकाय बीमा समितिबाट स्वीकृत भए पश्चात जारी गर्ने गरी ४० प्रतिशतले हकप्रद शेयरको प्रस्ताव कम्पनीको २३ औं साधारण सभाबाट पारित भएको छ ।

पूँजी वृद्धिसम्बन्धी विशेष प्रस्ताव स्वीकृति भएको हुनाले बोनस तथा हकप्रद शेयर खुलेपछि कम्पनीको चुक्ता पूँजी १ अरब ६२ करोड ६ लाख २० हजार ४ सय पुग्ने छ ।

अन्तिम अपडेट: जेठ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया