‘काेराेनाकाे दाेस्राे लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आकलन गरिएको छ’

 वैशाख १३, २०७८ सोमबार १३:५९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ (काेराेना भाइरस) सङ्क्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आकलन गरिएको बताउनुभएको छ ।

सोमवार टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ’ को २८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रियामा बोल्दै अर्थ मन्त्री पौडेलले नेपालमा कोभिड–१९ को सङ्क्रमण डरलाग्दो ढङ्गले फैलन सक्ने आकलन गरिएको भन्दै नागरिकको जीवन र जीविकाको रक्षा गर्ने विषय सरकारको सर्वाधिक प्राथमिकतामा रहेको बताउनुभयो ।

जनजीविकाको रक्षा गर्दै आर्थिक सामाजिक जीवनलाई पुरानै लयमा फर्काउनुपर्ने अवस्था आएको पनि मन्त्री पाैडेलकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘कोभिडको दोस्रो लहर दुनियाँकै सामुन्नेमा चुनौतीको रूपमा देखा परेको छ । हामीकहाँ पनि यसको लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आकलन गरिएको छ । अब कोभिडबाट नागरिकको जीवन रक्षा गर्ने विषय र जीविकाको रक्षा गर्ने विषय यतिबेला देशका सामुन्नेमा सर्वाधिक प्राथमिकताको/सरोकारको विषय बन्न पुगेको छ । जीवनको रक्षा र जीविकाको रक्षा गर्दै हामीले आर्थिक, सामाजिक जीवनलाई पुरानै लयमा फर्काउने र गतिशील बनाउँदै उन्नति, समृद्धिको यात्रा तय गर्ने विशिष्ट अवस्थामा छौँ ।’

अर्थ मन्त्री पौडेलले कसैले पनि लापर्बाही गर्न नहुने बताउनुभयो । सरकारले सबै प्रकारका सम्भाव्य उपाय अवलम्बन गरेर कोभिडविरुद्धको लडाइँलाई जित्न चाहेको उल्लेख गर्दै उहाँले यसका निम्ति आम नागरिक र सबै सङ्घ–संस्थाको सहयोग आवश्यक पर्ने बताउनुभयो । सङ्क्रमण विश्वव्यापी रूपमा फैलिएको कारण खोपको आपूर्तिमा पनि चुनौती थपिएको उहाँकाे भनाइ छ ।

अर्थ मन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरूको समस्या समाधानको सम्बन्धमा आएका सुझावमध्ये आउँदाे आर्थिक वर्षको बजेट निर्माण गर्दा जायज र सम्भव भएका सुझावलाई ग्रहण गरिने पनि बताउनुभयो । 

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया