'ड्राइभिङ' लाइसेन्सको अनलाइन आवेदन बिहीवारदेखि बन्द हुने

 वैशाख १४, २०७८ मंगलबार १६:२१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यातायात व्यवस्था विभागले आउँदाे बिहीवारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द गर्ने भएको छ ।

विभागले सूचना निकालेर कोरोना महामारीका कारण वैशाख १६ गते बिहीवारदेखि अर्काे सूचना नआएसम्मका लागि अनलाइन आवेदन प्रणाली बन्द गर्ने जानकारी गराएको हो ।

गएको वर्ष लकडाउन तथा निषेधाज्ञाले झण्डै १० महिनासम्म सवारी चालक अनुमति पत्रको परीक्षा रोकिँदा सेवाग्राहीको चाप बढेको थियो । अहिले अनलाइन आवेदन दिएकाहरूको परीक्षा दिने पालो झण्डै आठ महिनापछि तोकिन थालेकोमा विभागले तत्कालका लागि आवेदन नै रोकेको हो । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया